जनकपुर रेल्वेमा नोकरी, यसरी भर्नुहोस अनलाईन फारम (सबै तरिका सहित)
जनकपुरमा रहेको केन्द्रीय कार्यालयले माग गरेको १२९ जना कर्मचारीको लागि अनलाईन आवेदन

२०७७ भदौ ३० मंगलबार, बिहान १०:०९ बजे५ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले माग गरेको विभिन्न पदको लागि अनलाईन आवेदन समेत माग गरेको छ ।
प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा रहेको केन्द्रीय कार्यालयले माग गरेको १२९ जना कर्मचारीको लागि अनलाईन आवेदन समेत खुल्ला गरिएको छ । आगामी असोज १२ गतेसम्म फाराम भर्ने अन्तिम मिति रहेको बेला फाराम कसरी भर्ने बारे अन्यौल हुँदा न्यूज ब्यूरोले पाठकलाई सहजता प्रदान गर्ने हेतु अनलाईन फाराम कसरी भर्ने भनेर सहजीकरण गरेको छ ।
यसरी भर्नुहोस अनलाईन फाराम
सबभन्दा पहिले नेपाल रेल्वे कम्पनीको वेभसाईट https://nepalrailway.org खोल्नुहोस्
अब, माथिल्लो दायाँ कुनामा रहेको Login / Register मा क्लीक गरी नयाँ खाता ( Account ) बनाउनुहोस् ।
.jpg)
त्यसपछि, लग ईन (Login) को सबभन्दा तल “नयाँ खाता निर्माण गर्नुहोस्” मा क्लीक गरी प्रक्रिया अगाडी बढाउन सकिन्छ । त्यसपछि नयाँ खाता सृजना गर्नको लागि आउने फारममा आफ्नो नाम, ईमेल र फोन नम्बर राखेर अन्त्यमा कुनै पासवर्ड राख्नुपर्दछ । पासवर्ड २ पटक राख्नुपर्छ भने फाराममा भनिएको ईमेल नभएपनि अनिवार्य गरिएको छैन् । ईमेल नभएपनि नाम र फोन नम्बर सहित पासवर्ड स्मरण हुने गरी राखेर फारामको सबभन्दा तल “रजिष्टर गर्नुहोस” बटनमा क्लीक गरी अगाडीको प्रक्रिया बढाउन सकिन्छ ।
.jpg)
नेपाल रेल्वे कम्पनीले अनलाईन फारामको लागि ७ वटा चरण राखेको छ । नयाँ खाता बनाईसकेपछि दायाँतर्फ माथिल्लो कुनामा तपाईको नामको आईडी आउने छ भने तल “निवेदन भर्नुहोस” भनेर आउँछ ।
.jpg)
“निवेदन भर्नुहोस” मा क्लीक गरेपछि फारामको ७ चरणमध्ये प्रथम अर्थात पहिलो चरणमा तपाईको पूरा विवरण भर्नुपर्नेछ । जसमा अँग्रेजीमा तपाईको नाम, नेपालीमा नाम, जन्ममिति, लिँग, मोबाईल नम्बर, बाजेको नाम, बाबुको नाम, आमाको नाम, नागरिकता नम्बर, जारी गरिएको जिल्ला, नागरिकता जारी गरिएको मिति (नागरिकताको पछाडी पट्टी हुन्छ । अनिवाय रुपमा भर्नुपर्ने हुन्छ । जन्म मिति भर्दा मितिमा क्लीक गरेपछि मितिको विकल्प (अप्सन) हरु आउँछ त्यसमा कुन सालमा जन्म भएको भनेर छान्ने, त्यसपछि कुन महिना र कुन गतेमा भएको भनेर छानेपछि अन्त्यमा तपाईको जन्ममिति लय मिलाएर आउनेछ । भरिसकेपछि “सेभ एण्ड कन्टीन्यू” (Save and Continue) मा क्लीक गरी दोस्रो चरणको फाराम भर्नुपर्छ ।
.jpg)
दोस्रो चरणमा तपाई कुन पदमा फाराम भर्ने त्यो सबै पद त्यसमा दिएको हुन्छ र त्यसबाट छान्नुपर्नेछ । पद छनौट गरेपछि त्यसको तल तपाईले स्क्यान गरेको पासपोर्ट साईजको फोटो, हस्ताक्षर, नागरिकता, नेपाल रेल्वे कम्पनीको खातामा जम्मा गरेको बैँकको भौचरको स्क्यान फोटो सहित भौचर नम्बर कोठामा रकम जम्मा गरेको बेला बैँकले दिएको भौचर नम्बर हाल्नुपर्दछ । त्यसपछि तपाई समावेशी तर्फ हुनुहुन्छ भने त्यसको स्क्यान कापी अटैच गर्नुपर्दछ । जस्तै, मधेशी प्रमाणित, आदिवासी, जनजाती, दलित, अपाँग प्रमाणितको स्क्यान राखेर अन्त्यमा “सेभ एण्ड कन्टीन्यू” गरी तेस्रो चरणमा प्रवेश गर्नुपर्दछ ।
.jpg)
तेस्रो चरणमा तपाईको जाती, धर्म, वैवाहिक स्थिति, रोजगारीको अवस्था, मातृभाषा, शारिरिक अवस्था, बुवाको शैक्षिक अवस्था, बुवाको पेशा, आमाको शैक्षिक योग्यता, आमाको पेशा राख्नुपर्दछ । त्यसपछि तपाईको भौगोलिक क्षेत्र अर्थात कुन भौगोलिक क्षेत्र जस्तै तराई, भित्री मधेश, पहाड, हिमाल भनेर जहाँको हुनुहुन्छ त्यो छनौट गर्नुपर्ने हुन्छ । समूह वर्गमा भने तपाई मधेशी, जनजाती, आदिवासी कुन वर्ग समूहको हुनुहुन्छ त्यो छनौट गरी चौथो चरणको लागि सेभ एण्ड कन्टीन्यू मा दबाएर प्रवेश गर्नुपर्दछ ।
.jpg)
चौथो चरणमा तपाईको प्रदेशको नाम, जिल्ला, नगरपालिका वा गाउँपालिका, वडा नम्बर, तपाईको टोल, तपाईको मार्ग (जस्तै, हुलाकी मार्ग, महेन्द्र राजमार्ग, शहिदपथ अर्थात तपाईको कुनै सडकको नाम ) यो अनिवार्य छैन, तपाईलाई मन लागे राख्नु नलागे त्यतिकै छाडिदिए हुन्छ । त्यसपछि यदि तपाईको घर नम्बर छ भने भर्नुपर्दछ, छैन भने अनिवार्य छैन । त्यसपछि तपाईको पत्राचार ठेगानामा तपाईले आफ्नो पुरा ठेगाना भरेर पाँचौ चरणको लागि सेभ एण्ड कन्टीन्यू मा दबाएर पाँचौ चरणमा जानुपर्दछ ।
.jpg)
पाँचौ चरणमा, तपाईले अध्ययन गरेको विद्यालय वा बोर्डको नाम भर्नुपर्ने हुन्छ । कुन बोर्ड एसईई, एचएसबी, टि.यू. पि.यू. जुन युनिभर्ससिटी वा बोर्डबाट पास हुनुभएको छ त्यो बोर्ड छनौट गर्ने त्यसमा अप्सन दिएको हुन्छ । त्यसपछि शैक्षिक उपाधी अर्थात के पढनुभएको छ, ईन्टर, ब्याचलर, मास्टर त्यो भनेर कुन विषयमा पढनुभएको छ भनेर हाल्नुपर्दछ । त्यसपछि जिपिए, मुख्य बिषय (जस्तै अकाउण्ट, बायलोजी, फिजिक्स मेन सब्जेक्ट) राख्नुपर्दछ । त्यसपछि उतीर्ण गरेको वर्ष हालेर सर्टिफिकेटहरुको स्क्यान अटैच (सँलग्न) गर्नुपर्दछ । जसमा मार्क सिट, क्यारेक्टर सर्टिफिकेट जस्ता प्रमाणपत्रहरु राख्नुपर्दछ । तपाईसँग जति सर्टिफिकेट छ पास गरेको तहको सबै राख्नको लागि तल एड बटन दिएको छ, त्यसमा क्लीक गरेपछि जति चाहे अटैच गर्न सक्नुहुन्छ । त्यसपछि सेभ एण्ड कन्टीन्यूमा क्लीक गरी छैठौं (६) चरणको लागि प्रवेश गर्नुपर्दछ ।
.jpg)
छैठौं चरणमा, तपाईको तालिम विवरण सोधिएको छ । यदि तपाईले कुनै तालिम लिनुभएको छ भने तालिम दिने सँस्था, तालिमको प्रकार, तालिमको अवधी, तालिमको प्रमाणपत्र स्क्यान गरी राख्नुपर्दछ । यदि तालिम लिनुभएको छैन भने तल सानोमा स्कीप बटन मा क्लीक गरी यो चरणबाट अर्को चरण अर्थात सातौं चरणमा प्रवेश गर्नुपर्दछ । यदि छ भने तालिमका प्रमाणपत्रहरु अटैच गरी सेभ एण्ड कन्टीन्यूमा थिचेर सातौ चरणमा प्रवेश गर्नुपर्दछ ।
.jpg)
अब सातौं चरणमा, तपाईको अनुभवको विवरण माग गरिएको छ । तपाईले यसअघि कुनै अन्य सँस्थामा काम गर्नुभएको छ भने त्यसको विवरण खुलाउन सक्नुहुन्छ । जस्तै काम गरेको सँस्थाको नाम, कुन पदमा रहेर काम गर्नुभयो, कुन सेवामा काम गर्नुभयो जस्तै करार, स्थायी, अस्थायी राख्नुपर्दछ । यदि अनुभव छैन भने तल सानो निलो बटनमा स्कीप लेखेकोमा क्लीक गरी अर्को चरणमा जान सक्नुहुन्छ । अनुभव अनिवार्य गरिएको छैन । छ भने भर्न सक्नुहुन्छ, छैन भने स्कीप गरी अन्तिम चरणमा जानुपर्दछ ।
.jpg)
अन्तिम चरणमा, तपाईले भर्नुभएको सम्पूर्ण विवरण सहित तपाईको फोटा र त्यसको तल तपाईको हस्ताक्षर पनि आउनेछ । त्यसपछि अन्तिम फारमको सम्पूर्ण जानकारी सहित सबभन्दा तल, तपाईले भर्नुभएको विवरण सबै साँचो र सत्य हो भनेर एउटा टिक लगाउने विकल्प आउनेछ । एकपटक आफूले भरेको सबै विवरण चेक गरी टिक लगाएर फाराम अन्तिम अर्थात सबमिट गरी बुझाउन सक्नुहुन्छ ।
.jpg)
फाराम बुझाएपछि तपाईको अन्तिम फाराम भनेर आउनेछ । जसमा तपाईको आवेदन नम्बर, तपाईले उम्मेदवारी दिएको पद सहित तपाईको सबै विवरणहरुसहित आउने छ । अब यति गरेपछि तपाईको फाराम रेल्वे कम्पनीमा बुझियो । तपाईले बनाउनुभएको अकाण्टमा तपाईले आफ्नो फाराम र त्यसको स्थिति हेर्न सक्नुहुनेछ ।
www.enewsbureau.com | +9779854028045 /9807697650 / 9844959126















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…