मधेश सरकारले केही दिनभित्रै आफ्नै शासन कायम गर्ने : मुख्यमन्त्री राउत
जनता समाजवादी पार्टी का शिर्ष नेता समेत रहेका यादव राउत नेतृत्वको सरकार पाँच बर्ष नै रहने स्पष्ट

२०७७ असोज ७ बुधबार, राति ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले केही दिनभित्रै प्रदेश सरकार आफ्नै शासन कायम गर्ने बताएका छन् ।
मुलुक सङ्घियता गएपनी प्रदेशलाई अधिकार सम्पन्न हुन नदिन विभिन्न जाल झेल भैइ रहेको उल्लेख गर्दै उनले त्यस्ता जालझेलहरु मधेसलाई अधिकार सम्पन्न हुन बाट रोक्न नसक्ने उदघोष समेत गरे ।
सङ्घिय सरकारले बजेट बितरणमा विभेद गर्ने देखि प्रदेशले राख्न पाउनु पर्ने आफ्नै शासन प्रशासनमा समेत अवरोध गरि रहेको दावी गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकार केही दिन भित्रै आफ्नो शासन प्रशासन कायम गरेर देखाउने जीकिर गरे ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका वडा नं. ७ स्थित ऐतिहासिक पुरानो पोखरी सौन्दर्यिकरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउत प्रदेश सरकार आफ्नो सिमित स्रोत साधन लाई उपयोग गर्दै बिकास निर्माणको कार्यलाई अगाडि बढाएको र पोखरीको सौन्दर्यिकरण त्यसकै एउटा सानो भाग रहेको थपे ।
कार्यक्रममा सङ्घिय सान्सद महेन्द्र यादवले प्रदेश सरकारले सिमित स्रोत साधन बिच गरि रहेको काम को प्रसन्सा गर्दै मुख्यमन्त्री राउतले चालेको कदमहरुमा पार्टी र जनताको पुर्ण समर्थन रहेको बिश्वास दिलाए ।
जनता समाजवादी पार्टी का शिर्ष नेता समेत रहेका यादव राउत नेतृत्वको सरकार पाँच बर्ष नै रहने स्पष्ट पारे ।
प्रदेश सभा सदस्य अशोक यादवको अध्यक्षता मा भएको उक्त कार्यक्रम मा सङ्घिय सान्सद प्रमोद साह, रुहिनाज मिकरानी, पुर्बमन्त्री हरिनारायण यादव,प्रदेश सभा सदस्य मोहम्मद अबुल कलाम, मलङ्गवा नपाका मेयर लगायत का बक्ताहरुले सम्बोधन गरेका थिए ।
१२ बिग्घा क्षेत्रफल रहेको उक्त पोखरी को सौन्दर्यिकरण ८ करोड्को लागतमा १५ महिना भित्र सम्पन्न गरिने योजना रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…