मन्दिरभित्रै यौनधन्दा चलाउने पूजारी फरार !
स्टीँग अपरेशनको क्रममा पूजारीले भिडियो प्रमाणमा केही सार्वजनिक निकायका व्यक्तिहरुको समेत नाम लिएका हुन् ।

२०७७ असोज ६ मंगलबार, बिहान ८:१० बजे१ मिनेट पढाइ
स्टीँग अपरेशनको क्रममा पूजारीले भिडियो प्रमाणमा केही सार्वजनिक निकायका व्यक्तिहरुको समेत नाम लिएका हुन् ।

२०७७ असोज ६ मंगलबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको एक मन्दिरमा मन्दिरभित्रै यौनधन्दा सँचालन गर्दै आएको साधु बाबा फरार भएका छन् ।
सिरहाको कर्जन्हा नगरपालिकाको बस्तीपुर स्थित रहेको मन्दिर (कुटि) मा यौनधन्दा चलाउँदै आएका कुटीका पूजारी न्यूज ब्यूरोको स्टीँग अपरेशनको समाचार प्रकाशित भएपछि फरार भएका हुन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाले दिएको जानकारी अनुसार, न्यूज ब्यूरोमा प्रकाशित समाचारलाई आधार बनाएर उनी उपर मुद्दा समेत दायर गरिएको छ भने प्रहरी पुग्दा उनी फरार भएको हो ।
कैयौं वर्षदेखि कलिला उमेरकी किशोरीहरुलाई विभिन्न प्रलोभन दिएर मन्दिरभित्रै यौनधन्दा चलाएको रहस्य न्यूज ब्यूरोका सिरहा सँवाददाता सबिन यादवले स्टीँग अपरेशन गरी बाहिर ल्याएपछि प्रहरी एक्सन लिएको हो ।
जानकारी अनुसार, बाबा सोमबार नै फरार भएको हो । कुटिभित्रै गाँजाको समेत व्यापार गर्दै आएका पूजारीले विभिन्न ठाउँका युवति, महिलाहरुलाई सम्पर्कमा राखेर मन्दिरभित्रै बोलाई यौनधन्दा चलाउँदै आएका थिए ।
स्टीँग अपरेशनको क्रममा पूजारीले भिडियो प्रमाणमा केही सार्वजनिक निकायका व्यक्तिहरुको समेत नाम लिएका हुन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
समाचार प्रभाव
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…