कोरोनाबाट थप १३ जनाको मृत्यु, मृतक संख्या ४२७ पुग्यो
देशभर कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

२०७७ असोज ५ सोमबार, राति ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पछिल्लो १४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर दुईदुई तथा दोलखा, ताप्लेजुङ, सुनसरी, झापा, रुपन्देही, सुर्खेत र सप्तरीका एकएक जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५३३ नमुना परीक्षण गर्दा ४१८ महिला, ७३६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । उनीहरुमध्ये हालसम्म ४२७ जनाको मृत्यु भएको छ भने ४७ हजार २३८ जना संक्रमणमुक्त भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…