हँसपुरमा दुई दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
नेकपाको सरकार असफल भएको र जनतालाई गुमराहमा पारेर देशको ढुकुटीमा लुट मचाएको आरोप छ ।

२०७७ असोज ५ सोमबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको हँसपुर नगरपालिकमा विभिन्न पार्टी परित्याग दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार नेपाली कांग्रेसले वडा ९ मोरहामा आयोजना गरेको वडास्तरीय कार्यकर्ता भेटघाट समारोहबीच जसपा र नेकपाका परित्याग गरी दुई दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेको हुन् ।
नवप्रवेशी कार्यकर्ताहरुलाई पूर्व कृषिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राम कृष्ण यादव, पूर्व सांसद दिनेश प्रसैला यादव तथा नेपाली कांग्रेसबाट मेयरको प्रत्याशी उम्मेदवार प्रदीप यादवले उनीहरूलाई अबिर माला लगाएर पार्टीमा भित्र्याएको छन् ।
जसपाबाट प्रवेश गरेकाहरुले नगरमा मधेशवादीकै सरकार भएपनि काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएको भन्दै पार्टी छाडेको बताएका छन् । यस्तै, नेकपाबाट आएकाहरुको भने नेकपाको सरकार असफल भएको र जनतालाई गुमराहमा पारेर देशको ढुकुटीमा लुट मचाएको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…