रौतहटमा पानीमा डुबेर एक बालक मरे, दुईको अवस्था चिन्ताजनक !
मृतक बालकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौर पठाईएको

२०७७ असोज ३ शनिबार, बेलुकी ६:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा शनिबार ३ बालक डुबेपछि एक जनाको मृत्यू भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।
रौतहटको मौलापुर नगरपालिका अन्तर्गत पानीमा डुबेर एक बालकको ज्यान गएको हो । संगै डुबेका अन्य दुईजना बालकको अवस्था गम्भिर रहेको छ ।
मौलापुर नगरपालिका वडा नं. ३ गमहरियाका रामप्रवेश यादवको छोरा बर्ष ५ का रबीबिशन यादवको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख ईन्स्पेक्टर राकेश यादवले जानकारी दिएका छन ।
संगै डुबेका सोही ठाँउका छोटेलाल यादवको बर्ष ६ का मेघनाथ यादव र बर्ष ४ का अमित यादवको बिरगंज स्थित उपचार भईरहेको छ । मेघनाथको अवस्थामा सुधार भईरहेको र अमितको अवस्था गम्भिर रहेको ईन्स्पेक्टर यादवले जानकारी दिएका छन ।
अत्यधिक गर्मी लागेर शनिबार दिउँसो तिनैजना बालक गमहरिया गाँउ छेउ सहीद चौक नजिकै खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए ।
स्थानिय र प्रहरीको सहयोगमा उद्धारगरी उपचारको लागी बिरगंज जानेक्रममा एकजना बालक रबीकिशनको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।
मृतक बालकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…