गणेशमान सिँहलाई सम्झदै तरुण दल सिरहाद्धारा रक्तदान
न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेस निकट नेपाल तरुण दलको सिरहा जिल्ला कार्य समितिले रक्तदान कार्यक्रम गरेको छ । नेपाल तरुण दल केन्द्रिय समितिको निर्णय अनुसार शुक्रबार लौह पुरुष भनिएको नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसमा रक्तदान कार्यक्रम गरी मनाएको छ । नेपाल तरुण दलका जिल्ला सदस्य अर्बिन्द कुम

२०७७ असोज ३ शनिबार, दिउँसो ४:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेस निकट नेपाल तरुण दलको सिरहा जिल्ला कार्य समितिले रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल तरुण दल केन्द्रिय समितिको निर्णय अनुसार शुक्रबार लौह पुरुष भनिएको नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसमा रक्तदान कार्यक्रम गरी मनाएको छ ।
नेपाल तरुण दलका जिल्ला सदस्य अर्बिन्द कुमार मण्डलको अध्यक्षता अध्यक्षता तथा नेपाली काँग्रेसका पूर्व साँसद रामचन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन् ।
नेपाली काँग्रेसका प्रत्यासी नेता अमर रेग्मीको विशेष आतिथ्यमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा तरुण बिभाग केन्द्रिय सदस्य कपिलदेब साह, किसान संघका सभापति कौशल मण्डल, नगर सभापति लाल बाबू साह , नेपाली कांग्रेसका क्षेत्रिय सभापति चन्द्रदेब यादव लगायतले रक्तदान गरेका थिए ।
आयोजक नेपाल तरुण दल सिरहाका नगर सभापति निरज सिंह र नेपाल तरुण दलका जिल्ला सदस्य एवम् युवा नेता अरबिन्द कुमार मण्डल लगायत उपसभापति श्रवण मण्डल , सचिव सेखर यादव , क्षेत्रीय सभापति धनेश्वर यादब , महेश्वर यादब ,नरहा गाउँपालिका २ का वडा अध्यक्ष ज्ञानदेव सिंह दनुवार लगायत जितेन्द्र यादब, खुशिलाल ठाकुर लगायत तरुणदलका सबै तरुण दलका युवाहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…