विमान सँचालन नहुँदा उड्डयन कार्यालय सिमरालाई ७६ लाखको घाटा
विगतमा सिमरा देखी काठमाडौंबीच दैनिक ८ देखी ९ वटा उडान सेवा हुँदै आएको थियो।
२०७७ असोज ३ शनिबार, बिहान ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । कोरोना महामारीको कारण आन्तरिक उडान सेवा बन्द हुँदा देशभरकै विमानस्थल तथा विमान सेवा कम्पनीले अर्बौं रुपैयाँ घाटा बेहोर्नुपरेको छ।
नेपालकै सबैभन्दा पुरानो विमानस्थलमध्ये एक र नेपालकै सबैभन्दा छोटो समय १२ मिनेटको उडान हुने सिमरा विमानस्थलको सेवा र आम्दानी विगत ६ महीनादेखि प्रभावित भएको देखिएको छ।
नागरिक उड्डयन प्राधिकरण सिमराका प्रबन्धक वसन्त गौतमका अनुसार गत चैत ११ गतेदेखि देशव्यापी लगाइएको लकडाउनको कारण विमानस्थलको सेवा प्रभावित भई विमानस्थल र विमान सेवा कम्पनीलाई करोडौं मूल्यबराबरको घाटा लागेको हो।
उनले नागरिक उड्डयन कार्यालय सिमरालाई मासिक रु १३ लाखले ६ महीनामा करीब रु ७८ लाखको घाटा लागेको बताएका छन। त्यसैगरी काठमाडौं सिमरा विमान सेवा सञ्चालन गरिरहेको बुद्ध एयरलाइन्स प्रालिलाई मासिक रु १ करोड ८० लाखले ६ महीनामा करीब रु १० करोड ८० लाखको कारोबार गुमेर घाटा लागेको छ।
विगतमा सिमरा देखी काठमाडौंबीच दैनिक ८ देखी ९ वटा उडान सेवा हुँदै आएको थियो।
गत चैत १० गते श्री एयरलाइन्सले पनि दुईवटा उडान सेवा सञ्चालन गरेकोमा त्यसै दिनदेखि देशमा लकडाउन शुरू भएको थियो। सिमरा देखी काठमाडौं विमान सेवाबाट दैनिक दुई सय यात्री ओहोरदोहोर गर्ने गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…