धनुषामा मोटरसाईकल दुर्घटना, चालकको खुट्टा भाँचिए !
ज १२ प १७८५ नम्बरको मोटरसाईकलमा सवार युवकको नाम भने खुल्न सकेको छैनन् ।
२०७७ असोज १ बिहीबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा बिहिबार अपरान्ह मोसा (मोटरसाईकल) दुर्घटना हुँदा एक जनाको खुट्टा भाँचिएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिझ स्थित चोकमै अपरान्ह करिब ३ बजेको भएको सो मोटरसाईकल दुर्घटनामा एक मोटरसाईकल चालकको खुट्टा भाँचिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
नक्टाझिझ स्थित रहेको पार्कमा मोटरसाईकल अनियन्त्रित भएर ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । जनकपुरबाट ढल्केवरतर्फ तीव्र गतिमा गईरहेको मोटरसाई सडकको बीचमा निर्माण गरिएको पार्कमा ठोक्किएपछि दुर्घटना भएको बताईएको छ ।
ज १२ प १७८५ नम्बरको मोटरसाईकलमा सवार युवकको नाम भने खुल्न सकेको छैनन् । उनको एउटा खुट्टा भाँचिएको तथा उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…