रक्तदान सबभन्दा ठुलो समाजसेवा : नेता अरगरिया
रक्तदान गरेपनि स्वास्थ्यमा कुनै समस्या नआउने गरेको

२०७७ भदौ २९ सोमबार, राति ९:५७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता एवम् धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य (सँघीय साँसद) उमा शंकर अरगरियाले रक्तदान पनि ठुलो समाजसेवा भएको बताएका छन् ।
सोमबार धनुषाको हँसपुर नगरपालिका वडा नं. ६ सोनिगामा चोकमा जनता समाजवादी पार्टीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै नेता अरगरियाले एक जनाको रक्तले कसैको जीवन बाँच्न सक्ने भएकोले त्यो भन्दा ठुलो समाजसेवा केही नभएको जिकिर गरेका छन् ।
उनले रक्तदान जीवनदान मूल नारा सहित रक्तदान गर्नु समाज र मानव सेवाको लागि एक उदाहरण साबित हुँदै गएको बताए । उनले नियमित रुपमा स्वास्थ्यको प्रोटोकोल अपनाएर रक्तदान गरी समाज र मानवसेवालाई सहयोग पुरयाउन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा जसपाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रगत दिएका छन् । कार्यक्रममा उपस्थित अधिकांश युवा र एक जना नेपाल प्रहरीले रक्तदान गरेका हुन् ।
जसपाका युवा नेता राजेश कुमार यादबको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५१ जनाले आफ्नो रगत दिएका थिए । हँसपुरका मेयर रामज्ञान मण्डलको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस धनुषाको सभापति नरेश प्रसाद सिंह अतिथिको रुपमा उपस्थित भएका थिए ।
कोरोना महामारीका बेला रगतको चरम अभाव भइरहेका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको नेता राजेश यादबले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…