मेयर बरबरिया र कमला अभियानी यादव अन्तराष्ट्रिय सम्मानले सम्मानित
कमला बचाउ अभियानमा सक्रिया भूमिका निर्वाह गरेका कमला अभियानीद्धयलाई अन्तराष्ट्रिय स्तरको सम्मान

२०७७ भदौ २९ सोमबार, राति ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर एवम् कमला बचाउ अभियानका अभियानी उदय कुमार बरबरिया एवम् कमला बचाउ अभियानका सँयोजक विक्रम यादवलाई सम्मान गरिएको छ ।
कमला बचाउ अभियानका सँयोजक एवम् समाजसेवी समेत रहेका विक्रम यादवलाई विश्व वातावरण काउन्सिलले इन्भारोमेन्टल अवारनेस अवार्डबाट सम्मानित गरेको छ भने मेयर बरबरियालाई विश्व वृक्षारोपण मिशन २०२० बाट सम्मानित गरिएको छ ।
कमला बचाउ अभियानमा सक्रिया भूमिका निर्वाह गरेका कमला अभियानीद्धयलाई अन्तराष्ट्रिय स्तरको सम्मान गरिएको हो । विश्व वातावरण काउन्सिलले दुवै अभियानीलाई वातावरण बचाउनको लागि गरेको पहल, वृक्षारोपणप्रति देखाएको चासो र पहलको लागि सम्मान गरेको हो ।

कमला बचाउ अभियानको क्रममा धनुषा र सिरहाजिल्लाको सीमामा रहेको कमला नदिको किनार सहित विभिन्न स्थानमा भएको वृक्षारोपणमा प्रत्यक्ष रुपमा सहभागी भई पर्यावरण जोगाउन दिएको योगदानलाई कदर गर्दै सम्मान गरिएको हो ।
सिद्धान्त युनिभर्सल फाउडेशनका सँस्थापक डा. गणेश चन्ना र सेकरेटरी अनमोल शर्माले दुवै जनालाई पर्यावरणको लागि सम्मान गरेको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…