जनकपुरमा २८ जनाले रक्त दिए
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीमा रगतको कमिले अस्पतालमा अकाल मृत्यू भइरहेको भन्दै जनकपुरको कुर्थामा रक्तदान कार्यक्रम गरिएको छ । ब्लड बैँकमा रक्तको अभाव भएको बेला ब्लड फर नेपाल तथा कुर्था यँगस्टरद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रममा २८ जनाले आफ्नो रक्त दिएको बताईएको छ । जनकपुरधाम उपमहा

२०७७ भदौ २७ शनिबार, राति १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीमा रगतको कमिले अस्पतालमा अकाल मृत्यू भइरहेको भन्दै जनकपुरको कुर्थामा रक्तदान कार्यक्रम गरिएको छ ।
ब्लड बैँकमा रक्तको अभाव भएको बेला ब्लड फर नेपाल तथा कुर्था यँगस्टरद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रममा २८ जनाले आफ्नो रक्त दिएको बताईएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा न. २१ मा ब्लड फोर नेपालका धनुषा संयोजक अविनाश सिंह राजपुतको विशेष पहल तथा कुर्था यँगस्टर टिमका अध्यक्ष दिलीप नायकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय युवाहरुले रक्तदान जीवनदान मूल नारा सहित रक्तदान गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…