मधेशको गायन क्षेत्रमा ब्राण्ड बन्दै 'सन्नु कुमार'
मधेश मिथिलामा सन्नु कुमारको गीतलाई दर्शकहरुले बजारमा मन पराएको देखिएको छ ।

२०७७ भदौ २३ मंगलबार, बेलुकी ७:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश–मिथिला क्षेत्रको गायन क्षेत्रमा एक बेग्लै पहिचान बनाउन सफल भएका गायक सन्नु कुमार (सन्नु कुमार खँग) को लोकप्रियता उत्तिकै बढदै गएको छ ।
सन्नु कुमारद्धारा गाइएको जुनसुकै गीत बजारमा तहल्का मच्चाउने गरेको छ । फास्ट ट्रयाकको गीतदेखि लिएर भावुकता रसको गीत पनि लोकप्रियता पाएको देखिएको छ । व्यक्तिगत नाम सन्नु कुमार को नामले सृजित समाजिक सँजाल युटुब च्यानलमा सब्सक्राईबर पनि उत्तिकै बढी छ भने गीतमा दर्शकहरु निकै व्यस्तता देखाएको छ ।
मधेशका चर्चित र बहु प्रतिभाशाली तथा मैथिली संगित क्षेत्रलाई एउटा नयाँ उचाई दिँदै आफ्नो बेग्लै पहिचान बनाउँदै गएका गायक सन्नु कुमार एउटा ब्राण्डको रुपमा स्थापित हुँदै गएको अवस्थामा विगत केही दिनदेखि उनलाई मानसिक यातना दिने प्रयास भइरहेको गुनासो पोखेका छन् ।
न्यूज ब्यूरोसँगको कुराकानीमा गायक सन्नु कुमारले आफूले गाउने गीत दर्शकले मन पराएको र साधारण गीतलाई पनि अश्लिल भनेर कुप्रचार गरिरहेको दुःखेसो पोखेका छन् । उनलाई समाजिक सँजालमा केही व्यक्तिहरुले गायन क्षेत्रमा धक्का पुग्ने गरी प्रोपागाण्डा रचेर मानसिक तनाव थपेको सुनाए ।

उनले भने,–“तर, म यस्ता सोंच र यस्ता प्रकृतिका व्यक्तिहरुबाट डराएको छैनन्, म आफ्नो पेशाप्रति प्रतिवद्ध छु र समाजिक दृष्टिकोणले समाजले मन पराएको कन्टेन्ट, गीत मात्र बजारमा, समाजमा ल्याउने गरेको छु । केही व्यक्तिलाई यो कुराहरु पचेका छैनन र विभिन्न तवरले समाजिक सँजालमा नाकारात्मक टिकाटिप्पणी गरेको छ ।”
सन्नु कुमारको 'चेहरा छुपाक ऐलौ', 'पिरितिया लगाके', 'जानु थोडा थोडा', 'मुनचुन कोरोना भाइरस', 'बिन बजाबु ना यौ सजना' लगायतका गीतहरु दर्शकले खुवै मन पराएका छन् ।
मधेश मिथिलामा सन्नु कुमारको गीतलाई दर्शकहरुले बजारमा मन पराएको देखिएको छ । विवाह, व्रतबन्ध, महोत्सव, उत्सव देखि लिएर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम होस वा डिजेमा सन्नु कुमारको गीत च्वाईस बनेको छ ।
सन्नु कुमारको गीतहरु युटुबमै ३० मिलियन अर्थात ३ करोड पटकसम्म दर्शकले हेरेको रेडर्क छ जो की मिथिला मधेशको अन्य गायक भन्दा फरक र अधिक देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…