ड्रग्स कारोवारका फरार अभियुक्त पक्राउ
न्यूज ब्यूरो, बारा । बारामा लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । भदौ १५ गते बाराको कोल्हवी नगरपालिका वडा नं.९ श्रीपुर स्थित सार्वजनिक सडक खण्डमा सवारी साधन चेकिङमा खटिएको सशस्त्र प्रहरी टोलीलाई देखेपछि भागेका उनी अन्तत पक्राउ परेका छन् । प्रहरीलाई देखेर प्रदेश नं.३–०१–०२२ च ८१३४ नम्बरक

२०७७ भदौ २३ मंगलबार, बेलुकी ७:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारामा लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । भदौ १५ गते बाराको कोल्हवी नगरपालिका वडा नं.९ श्रीपुर स्थित सार्वजनिक सडक खण्डमा सवारी साधन चेकिङमा खटिएको सशस्त्र प्रहरी टोलीलाई देखेपछि भागेका उनी अन्तत पक्राउ परेका छन् ।
प्रहरीलाई देखेर प्रदेश नं.३–०१–०२२ च ८१३४ नम्बरको कार चालकले उक्त कार बाटोमा नै छाडी भागी फरार भएको र कार तलाशी गर्ने क्रममा कारभित्र लुकाई छिपाई राखेको अवस्थामा १ सय ६५ किलो ग्राम अवैध लागू औषध गाँजा फेला परेको थियो ।
सोही गाडी का फरार चालकको खोजतलाश तथा सुराक पत्ता लगाउने क्रममा कोल्हवी नगरपालिका वडा नं.५ सोनाभार टोल बस्ने लोकनाथ चौधरीको छोरा वर्ष २२ को सनी भनिने गौरी शंकर चौधरी रहेको बताइएको छ ।
उनलाई खोजतलाश गर्ने क्रममा आज इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले कार चालकलाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…