युवा अभियन्ता यादवको पहलमा ISMT कलेजद्धारा सिरहाका अति बिपिन्न परिवारलाई राहत
न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउन र निषेधाज्ञाको कारण प्रभावित भएका सिरहाका अति विपन्न परिवारलाई राहत प्रदान गरिएको छ । सिरहाको गोलबजार नगरपालिकाका अति बिपन्न परिवारलाई आईएसएमटी (ISMT) कलेजद्धारा न्यानो माया स्वरुप राहत बाँडिएको जनाइएको छ । ISMT कलेज तिनकुने काठमाडौ द्वारा सिरहाको गोलबजार नगर
२०७७ भदौ २३ मंगलबार, बिहान ७:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउन र निषेधाज्ञाको कारण प्रभावित भएका सिरहाका अति विपन्न परिवारलाई राहत प्रदान गरिएको छ ।
सिरहाको गोलबजार नगरपालिकाका अति बिपन्न परिवारलाई आईएसएमटी (ISMT) कलेजद्धारा न्यानो माया स्वरुप राहत बाँडिएको जनाइएको छ ।
ISMT कलेज तिनकुने काठमाडौ द्वारा सिरहाको गोलबजार नगरपालिकामा करिब १ सय १० घर परिवारमा चामल 8 के जी, दाल 1 केजी , 500 ग्राम भुजा , 500 ग्राम तेल, 500 ग्राम दालमोट, 1 केजी नुन, 500 ग्राम सोयाबिन लगायतका सामग्री बितरण गरेको युवा अभियन्ता जितेन्द्र कुमार यादवले जानकारी गराए ।
यादवकै विशेष पहलमा कलेजका प्रतिनिधिहरु संग समन्वय गरि राहत बितरण गरिएको जनाइएको छ । काठमान्डौंको तिनकुने स्थित रहेको कलेज आईटी क्षेत्रको अध्ययन अध्ययापनको लागि चर्चित छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शंकर प्रसाद यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…