सिरहाको मानिक दहमा ५१ जनाले आफ्नो रगत दिए
निर्माण ब्यबसाय संघ लहान, नेपाल रेडक्रस सोसाइटी शाखा लहानको प्राविधिक सहयोग

२०७७ भदौ २१ आइतबार, बिहान ११:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मानिक दहमा ५१ जनाले आफ्नो रगत दिएका छन् । सिरहाको लहान नगरपालिका वडा नम्बर – २४ मानिक दह टोलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् ।
बिश्व महामारी कोरोना भाईरसको संकटकालिन अबस्थामा रगत आभाब भैरहेको बेला सहयोगी मनहरुले शनिबार रक्तदान गरेको आयोजक नेपाल समाज जनकल्याण युवा संघ लहान – ६ का अध्यक्ष सुदिप महतोले जनाए ।
निर्माण ब्यबसाय संघ लहान, नेपाल रेडक्रस सोसाइटी शाखा लहानको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा ५१ जना युवाले रक्तदान गरेको अध्यक्ष महतोले बताए ।
निर्माण ब्यबसाय संघ लहान सिरहाका अध्यक्ष रासलाल रायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ५१ जना रक्त दाता र १३ जना अतिथि गरि ६४ जनालाई सामुहिक रूपमा आयोजक संस्थाले प्रमाणपत्र दिई सम्मान गरेको थियो ।
कार्यक्रममा आयोजक कार्यसमितिका पदाधिकारी , प्रहरी , स्थानीय बुद्धिजिबि लगायत पत्रकारहरुको पनि उपस्थिती रहेको आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…