जनकपुरमा पनि गरिबहरुको लागि फूड बैँक सँचालन
फूड बैँक सँचालनले गरिब, निमुखा, अति विपन्नले निषेधाज्ञा अवधी भरी छाक टार्न सजिलो हुने

२०७७ भदौ २० शनिबार, बेलुकी ५:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउन र निषेधाज्ञाका कारण प्रभावित भएका गरिब, विपन्नहरुको लागि आज (शनिबार) देखि जनकपुरमा फूड बैँक सँचालनमा आएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको जनकचोकमा आजदेखि फूडबैँक सँचालन गरिएको हो । समाजिक सँस्था असहाय सँरक्षण मँचद्धारा सो फूड बैंक सँचालन गरिएको हो ।
लकडाउन र निषेधाज्ञाका कारण दैनिक छाक टार्न अभाव भएका र दैनिक दिनचर्या काटन समस्या हुने गरेका घर परिवार र व्यक्तिहरुका लागि सो बैंकले निःशुल्क रुपमा छक बमोजिम खाद्यान्न उपलब्ध गराउने असहाय सँरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साहले बताए ।
जनकपुरधामको जनकचौकमा फुड स्टलनै राखेर आवयश्क रहेकाहरुका लागि सहज गरिएको दिएको छ । सुरक्षा सतर्कता र समाजिक दुरी कायम गर्दै खानपानमा समस्या रहेकाहरु आएर त्यहाँवाट खाद्यान्न समाग्री लिएर जान सक्ने उनको भनाई छ ।
"जसलाई छैन उ लिएर जानुस, जसलाई छैन उ दिएर जानुस" नारा सहित सँचालन गरिएको फूड बैँक सँचालनले गरिब, निमुखा, अति विपन्नले निषेधाज्ञा अवधी भरी छाक टार्न सजिलो हुने विश्वास व्यक्त साहले गरेका छन् ।
चालम, पिठो, दाल, नुन, तेल, स्वायविन सहितका भान्सामा आवयश्क पर्ने सरसमानहरुको स्टल नै लगाएर आवयश्क पर्नेका लागि सजिलो र सहज तरिकाले निशुल्क उपलब्धताको व्यवस्था गरिएको हो ।
फूडबैँकमा नहुनेले यहाँबाट लिन सकिने तथा हुनेले यहाँ राखेर सहयोग गर्ने बताएका छन् । यहाँका व्यापारी, व्यवसायी, समाजसेवी, अगुवाहरुहरुले फूड बैँकमा सहयोग गरी निमुखा, गरिबको छाक टार्न सहयोग गर्न आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…