आईसोलेशनमा संक्रमितको खानामा सुधार गर्न सिडिओ कणेलको निर्देशन
सिरहा सदरमुकामस्थित चमावि र धनगढीस्थित महेन्द्र गेनाई अस्पताल गरि दुई स्थानमा आइसोलेशन सञ्चालनमा

२०७७ भदौ १७ बुधबार, राति ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा सञ्चालित आइसोलेशनहरुमा संक्रमितहरुलाई दिइने आहारमा सुधार गरिने भएको छ ।
जिल्लाका विभिन्न दुई स्थानमा सञ्चालित आइसोलेशनमा उपचाररत संक्रमितहरुले खानाबारे गुनासो गरेपछि अब खानामा सुधार गरिने भएको हो ।
जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिको बैठकको निर्णय अनुसार, अबदेखि संक्रमितलाई सिल्बर प्याकेटमा पोषणयुक्त नास्ता २ पटक र खाना २ पटक दिइनेछ ।
आइसोलेशनमा आहार तथा व्यवस्थापनमा कुनै कमि नगर्न निर्देशन दिएपनि गुनासो आउने क्रम नरोकिएपछि यसमाथि चाँसो बढाएको प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक प्रदीपराज कणेलले जानकारी दिए ।
पौष्टिक खानाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकोले खानामा आवश्यक सुधार ल्याइने निर्णय गरेको उनले बताए । यसअघि संक्रमितहरुले बारम्बार खानामा सुधारको लागि सामाजिक सञ्जालमार्फत् माग गरेपनि व्यवस्थापन पक्षले लापरबाही गर्दै आएका थिए ।
यद्यपि निर्णयले मात्रै नहुने भन्दै कार्यान्वयनको लागि निगरानीसहित समयसमयमा अनुगमन पनि गर्ने समितिका सदस्यसमेत रहेका पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले बताए । अटेरी भए अर्को कदम उठाउन बाध्य हुने उनले जनाए ।
जिल्लामा हाल सिरहा सदरमुकामस्थित चमावि र धनगढीस्थित महेन्द्र गेनाई अस्पताल गरि दुई स्थानमा आइसोलेशन सञ्चालनमा छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…