जसपाद्धारा रक्तदान, ४ दर्जन बढी जनाले रगत दिए
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल हंसपुर नगर कार्य समिति,धनुषाद्वारा कोभिड–१९ महामारीले गर्दा रगतको चरम अवस्थामा अभावको अवस्थामा जसपा युवा संघको समन्वयमा “रक्तदान जीवनदान” मुलनाराका जसपाका युवा तथा नेता कार्यकर्ताहरुले रक्तदान गरेको छ । कोभिड–१९ को कारणले रगतको अभाव भएको अवस्थामा

२०७७ भदौ १७ बुधबार, बेलुकी ६:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल हंसपुर नगर कार्य समिति,धनुषाद्वारा कोभिड–१९ महामारीले गर्दा रगतको चरम अवस्थामा अभावको अवस्थामा जसपा युवा संघको समन्वयमा “रक्तदान जीवनदान” मुलनाराका जसपाका युवा तथा नेता कार्यकर्ताहरुले रक्तदान गरेको छ ।
कोभिड–१९ को कारणले रगतको अभाव भएको अवस्थामा रक्तदान युवा तथा विद्यार्थीहरुले रक्तदान गरेका छन् । वर्तमान अवस्थामा रगतको अभावको आवश्यकतालाई महसुसको परिपुर्ति गर्न रक्तदान कार्यक्रम गरिएको हो । सो कार्यक्रममा ४९ जनाले रक्तदान गरेको छ ।
कोरोना संक्रमण वायरसको कारण रेडक्रस बल्ड बैंक प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा जसपा संसदीय दलका उपनेता प्रदेश सांसद रामअशिष यादव, प्रमुख सचेतक परमेश्वर साह, मेयर राम ज्ञान मंडलले रक्तदान गरेका हुन् ।
यसका साथै, उपमेयर रेणु झा, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, युवा जिल्ला अध्यक्ष दिपेन्द्र कापडि, विद्यार्थी जिल्ला सचिव बलिराम कापडि तथा युवा नेता उमेश निराला, शिवचन्द्र यादव, लालबाबु यादव, ओमप्रकाश महतो, वार्ड अध्यक्ष उदय साह, उदय सिंह, डा. राम छबिला राय, शिक्षक नेता ब्रजकिशोर यादव, पंकज ठाकुर, कमलेस साह, सरोज साह, राजकुमार राउत सहित स्थानीय नेता, युवा नेता तथा कर्याकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…