महोत्तरी : दलित महिला उपर निर्धात कुटपिट !
पिडितकोतर्फबाट उजुरी नआएको महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिएका छन ।

२०७७ भदौ १५ सोमबार, दिउँसो ४:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरहीमा एक दलित महिला उपर निर्घात कुटपिट गरिएको छ । ऋण फिर्ता नदिएको झोकमा निर्धात रुपमा कुटपिट गरेको हो ।
औरही नगरपालिका वडा नं. १ औरही बजारकी ६५ बर्षिया पासोदेवी मण्डललाई पैसा फिर्ता नगरेको भन्दै कुटपिट गरिएको हो । आइतबार विहानको समयमा ऋण फिर्ता माग्दै घरमा आएका स्थानिय विजय चौधरी, सन्तोष चौधरी, लगायतले महिलालाई निर्धात रुपमा कुटपिट गरेको हो ।
पैसा माग्दै आएका चौधरी दाजुभाईले समान्य विवाद भएपछि पासोदेवीले लगाएको कपडा त्याती कुटपिट गरेको पिडित महिलाकी पति गुदरी मण्डलले बताए । दुई बर्ष अगाडि विजय चौधरीसँग पासोदेवीले प्रति वजार एक हजार रुपैयाँ ब्याज दिने शर्तमा ऋण लिएको गुदरी मण्डलले जानकारी दिए ।
पैसा लेनदेनको सम्बन्धमा वसेर छलफल गर्न भनेतापनि चौधरी दाजुभाईले कुरै नमानि महिला उपर ज्याय लागेको शारिरीक रुपले अपागं रहेको बासुदेव मण्डलले बताएका छन ।
आफुले चाहेर पनि महिलालाई बचाउन नसकेको मण्डलले संचारकर्मीसमक्ष बताए । घटना घटेपछि पिडित मण्डल उजुरी दर्ताका लागि प्रहरी चौकी औरहीमा गएपछि त्यहाँ उजुरी दर्ता भएन ।
घटनाको सम्बन्धमा पिडितकोतर्फबाट उजुरी नआएको महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…