कोरोना सम्बन्धी निर्णय सरकारले तुरुन्त नसच्याए अवस्था दयनीय हुन्छ : नेता चौधरी
सरकारले सबै क्षेत्रमा विदेशको अनुसरण गर्छ तर यो महामारीमा मुख दर्शक बनेका छन भने आरोप लगाएका छन् ।

२०७७ भदौ १४ आइतबार, बिहान १०:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका युवा नेता जगदिश चौधरीले सरकारले कोरोना र क्वारेन्टाइन सम्बन्धी गरेको निर्णय सच्याउनुपर्ने बताएका छन् ।
१४ दिन कोरेनटाइनमा बसेकालाई र विदेश बाट आउनेको विदेशी रिपोर्ट नेगेटिभ छ भने जाँच नगरी घर फर्काउने सरकारको निर्यणय समुदायमा कोरोना झनफैलाउने भएकोले अभिलम्ब सचियाउनु पर्ने माग गरेका छन् ।
चौधरीले महामारीको समयमा सरकारले “एक घर एक परिक्षण” अभियानका साथ समुदायमा गई प्रत्येक घरमा जाँच गर्नुपर्ने बताएका छन् ।
अल्पकालीन र दिर्घकालिन योजना बनाउनुको विकल्पको साटो निषेधआज्ञा गरेर जन्तनलाई दुःख दिने काम मात्र सरकारले गरेको आरोप लगाएका छन् । भ्रष्टाचारमा लिप्त सरकार जनताको सेवा र सुरक्षालाई ध्यान दिनुको सट्टा राजनीतिक अभिष्ट पूरा गर्न सत्ताको राजनीतिक खेलमा सक्रिय भएको आरोप लगाएका छन् ।
चौधरीले अहिले विषम परिस्थितीमा स्वास्थ्यकर्मीलाई दृढ आत्मविश्वासका साथ स्वास्थ्यकर्मीको उदार र उपचार समेत सरकारले गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन । साथै जनताको स्वास्थ्यमा ध्यान दिन प्रोत्साहन गर्ने बेला भएको स्मरण गराएका छन् ।
“अहिले विश्वभर कोरोना महामारीको वेला विज्ञान र विश्वासको द्वन्द चलिरहदा ओलिले उखान र टुकामा ब्यस्त रहेका छन्न । जन्तालाई वस्तै नगर्ने सरकार जनताको लोकप्रियता कसरी हुन सक्छन् । देश र जन्ताको चिन्ता नगरी नेकपा पार्टी जोगाउन लागेका छन।”– उनले भने ।
नेता चौधरीले स्वास्थ्यकर्मी र कोरेनटाइनमा खटिएका सुरक्षा कर्मिलाई समेत सुरक्षा विमा सरकारले गर्दिनु पर्छ भनेका छन । सरकारले सबै क्षेत्रमा विदेशको अनुसरण गर्छ तर यो महामारीमा मुख दर्शक बनेका आरोप लगाएका छन् ।
चौधरीले आधुनिक चिकित्सा विज्ञानकै कारण व्यक्तिगत स्वास्थ्य राम्रो बनाएका प्रधानमन्त्री ओलीले प्रमाणित विज्ञानको सारथि बन्नुको सट्टा अप्रमाणित बेसारको प्रवक्ता बनेका छन भन्ने आरोप समेत लगाएका छन ।
नेता चौधरीले आत्मबल बलियो बनाउँदै सामाजिक दुरी कायम गरी नियमित सरसफाई र खानपिनमा ध्यान दिँदै उच्च सजगता अपनाउन सबैमा आग्रह पनि गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…