हिरा साह र उसको समूहले घरमा ढुँगामुढा गरयो : पत्रकार यादव
यता, आरोपित शिवशंकर साहले पत्रकार यादवले लगाएको आरोप निराधार रहेको बताएका छन् ।

२०७७ भदौ ११ बिहीबार, दिउँसो १२:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका पत्रकार बृज कुमार यादवले उद्योग वाणिज्य सँघका पूर्व अध्यक्ष सहित उनका टोलीले आफनो घरमाथि ढुँगामुढा गरेको आरोप लगाएका छन् ।
तेली कुट्टी जग्गा विवाद प्रकरणमा सँघका पूर्व अध्यक्ष शिव शंकर साह हिरा र उनका टोलीले आफनो घर उपर ढुँगामुढा गरी तोडफोड गरेको आरोप लगाएका छन् ।
विहान १० बजेको समयमा उद्योग बाणिज्य संघ प्रदेश २ का संयोजक समेत रहेका हिरा लगायतका दर्जनबढी जनाले उनको घरमा ढुङ्गामुढा गरेको बताएका छन् ।
जनकपुरमा रहेको रसिक कुट्टि (तेली कुट्टी) को जग्गा अतिक्रमण गरेको भन्दै गएराती ११ बजेतर्फ डोजल चलाएपछि पत्रकार यादवको घरमा समेत तोडफोड गरिएको हो । विवादित मन्दिरको जग्गा भनिएको पत्रकार यादवले त्यो १ कठ्ठा जग्गा आफ्नो रहेको र उल्टै मन्दिरले साढे ८ धुर अतिक्रमण गरेको आरोप लगाएका छन् ।
पत्रकार यादवले शिवशंकर साह हिरा, ललित साह, दिपेन्द्र साह लगायत करिब २ दर्जन जनाले उनको घरमा आज ढुङ्गामुढा गरेको आरोप लगाएका छन् ।
यता, आरोपित शिवशंकर साहले पत्रकार यादवले लगाएको आरोप निराधार रहेको बताएका छन् । उनले पत्रकार यादवले गुण्डाशैलीमा मन्दिरको पर्खाल तोडफोड गरेको भन्दै आक्रोसित जनकपुरका युवाहरुले ढुँगामुढा गरेको स्वीकारेका छन् ।
शिवशंकर साह हिरा, राजु साह, विपी साह, विरेन्द्र साह, सत्यनारायण साह, चन्दन कुमार साह, गणेश कुमार साह, गौत्तम साह, प्रदीप साह लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…