२८ लाख बढी रुपैयाँ सहित हुण्डी कारोबारी पक्राउ
घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको शाक्यको भनाइ छ ।

२०७७ भदौ ११ बिहीबार, दिउँसो १२:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । भारतबाट नेपाल प्रवेश गरिरहेको अबस्था रौतहटमा एक हुन्डी कारोबारि पक्राउ परेका छन् ।
राजपुर नपा ९ बैरियाका २० बर्षिय दिलिप साहलाई २८ लाख ५० हजार नेपाली नोट सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर ३ ०एन ९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा नियन्त्रणमा रहेको साहले बोकेको झोला बाट सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
विहिवार विहान करिब आठ बजेको समयमा साह पक्राउ परेको शस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेन ओलिले बताएका छन ।
घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको ओलिको भनाइ छ ।लकडाउनको समय सिमानाका शिल गरिएको भएता पनि रौतहटमा चोरी तस्करीको घटना बढेको स्थानीयहरुको गुनासो छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…