न्यूजब्यूरोकर्मी उपर भएको दुरव्यहार सम्बन्धी छानबिनको लागि महासँघद्धारा समिति गठन
काण्डै काण्ड गर्दै आएको आरके मेडिसिटी हस्पिटलले यसअघि पत्रकार यादवले न्यूज ब्यूरोमा समाचार लेखेको भन्दै दुरव्यवहार गरेको थियो ।

२०७७ भदौ १० बुधबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । न्यूज ब्यूरोका सिरहा सँवाददाता विनय यादव उपर भएको दुरव्यहारको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।
नेपाल पत्रकार महासँघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादव उपर भएको दुरव्यवहारको सन्दर्भमा छानबिनको लागि ५ सदस्यीय प्रतिवेदन समिति गठन गरिएको हो ।
गत शनिबार बेलुकी करिब ७ः३० बजेको समयमा पत्रकार यादवलाई पुरानो समाचारलाई लिएर सिरहको धनगढीमाई नगरपालिका वडा नं. १० स्थित रहेको आरके मेडीसिटी हस्पिटलका कर्मचारीहरुले दुरव्यवहार गरेको भन्दै छानबिनको लागि समिति गठन गरिएको हो ।
राम बाबु यादवको सँयोजकत्वमा गठन गरिएको ५ सदस्यीय समितिमा मनोज बनैता, शिव दयाल यादव, दुर्गा परियार, गणेश साह सदस्य छन् । नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार यादव उपर पुरानो रिसबीले भएको दुरव्यहारको छानबिन गरी दोषी उपर कारवाही गर्न पहल गरिने छ ।
काण्डै काण्ड गर्दै आएको आरके मेडिसिटी हस्पिटलले यसअघि पत्रकार यादवले न्यूज ब्यूरोमा समाचार लेखेको भन्दै दुरव्यवहार गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…