दुई मोटरसाईकल ठोक्किदाँ ३ जना घाईते
न्यूज ब्यूरो, बारा । बाराको हुलाकी राजमार्ग अन्तर्गत कलैया बस पार्कनिर दुईवटा मोटरसाईकल एक आपसमा ठोकिएको छ। आईतबार एक अर्को दिशाबाट आईरहेको मोटरसाईकल अनियन्त्रण भई एक आपसमा ठोकिदा ना ४६ प ३८०८ कालोरङ्गको पल्सर चालक बिरगंज महानगरपालिका वडा २५ चण्डाल चौक बस्ने

२०७७ भदौ ८ सोमबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको हुलाकी राजमार्ग अन्तर्गत कलैया बस पार्कनिर दुईवटा मोटरसाईकल एक आपसमा ठोकिएको छ।
आईतबार एक अर्को दिशाबाट आईरहेको मोटरसाईकल अनियन्त्रण भई एक आपसमा ठोकिदा ना ४६ प ३८०८ कालोरङ्गको पल्सर चालक बिरगंज महानगरपालिका वडा २५ चण्डाल चौक बस्ने बर्ष २७ को रितेशराज चौधरी समान्य घाईते भएका छन।
सोही मोटरसाईकलमा पछाडी बस्ने बर्ष २२ कि खुश्बु तिवारी भने गम्भिर घाईते भएकिछिन। ना २९ पा ९५९७ हिरोहोन्डा स्प्लेन्डर मोटरसाईकल चालक कलैया उपमाहानगरपालिका वडा ६ बस्ने बर्ष १६ को अभिनाशक पाण्डे पनि घाईते भएकाछन।
तिनै जना घाईतेको बारा स्थित कलैया अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाकारी दिएका छन । थप अनुसन्धान भईरहेको पनि जनाकारी गराएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…