बोक्सी (डायन) को आरोपमा महिला कुटने यादव प्रहरीको फन्दामा
प्रहरीले तत्काल कृष्णलाई नियन्त्रणमा लिएपछि प्रहरीले राजनितीक दवावका कारण रातारात छोडेका थिए ।

२०७७ भदौ ७ आइतबार, बिहान ११:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको सम्सी गाँउपालिकाको महिलालाई वोक्सीको आरोप लगाउदै कुटपिट गर्ने युवकलाई अन्तत प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न सँचारमाध्यमहरुमा समाचार सम्प्रेषण भएपछि जिल्ला प्रहरी कार्यालयका टोलीले २४ बर्षिय कृष्ण यादवलाई गएराति (शनिबार राती) प्रहरीले नियन्त्रणमा लिएको हो ।
कृष्णा हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको प्रहरी उपरिक्षक टिका केसीले बताए। प्रहरी उपरिक्षक केसीका अनुसार घटनाको विषयमा सुक्ष्म रुपमा अनुसन्धान गर्दै दोषीलाई कानुन अनुसारको कारवाही र पिडितलाई न्याय दिलाउनका लागि महोत्तरी प्रहरी लागि परेको जनाएको छ ।
गत शुक्रवारराति स्थानिय पवनदेवीलाई वोक्सीको आरोप लगाउदै कृष्णा यादवका परिवार मरासन्न हुने गरि कुटपिट गरको थियो ।
प्रहरीले तत्काल कृष्णलाई नियन्त्रणमा लिएपछि प्रहरीले राजनितीक दवावका कारण रातारात छोडेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…