प्रादेशिक अस्पताल जनकपुरको आईसियू सेवा सुचारु
बिरामीहरूलाई उपचारको लागि निजी अस्पताल वा जनकपुर बाहिर जानुपर्ने बाध्यता उत्पत्र भएको थियो।

२०७७ भदौ ६ शनिबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । विगत दुई सातादेखि ठप्प रहेको प्रादेशिक अस्पताल जनकपुरको आईसियू सेवा आज (शनिबार) देखि पुनः सँचालनमा आएको छ ।
अस्पतालको आइसियूमा खटेका केही स्वास्थ्यकर्मीहरुमा कोरोना सँक्रमणपछि आईसियू वार्ड पूर्ण रुपमा ठप्प भएको थियो । कोरोनापछि आईसोलेशनमा बसेका चिकित्क एवम अन्य स्वास्थ्यकर्मीहरुको अभावमा आईसियू सेवा ठप्प भएको थियो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामीलाई समेत जनरल आइसियूमा भर्ना गरिएपछि त्यहाँ कामगर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरू संक्रमित हुनपुगेको भन्दै उनीहरूले सेवा बन्द गरेका थिए।
प्रादेशिक अस्पतालको आइसियू सेवा बन्द भएपछि जनकपुरसहित यस क्षेत्रका सिकिस्त बिरामीहरूलाई उपचारको लागि निजी अस्पताल वा जनकपुर बाहिर जानुपर्ने बाध्यता उत्पत्र भएको थियो।
चिकित्सक, नर्स, सफाइ कर्मचारी लगायत ७० प्रतिशत जनशक्ति कोरोनाबाट संक्रमित भएपछि बन्द भएको आइसियू सेवा पुनः सञ्चालनमा आइसकेको एनेस्थेसिया तथा कृटिकल केयर विभाग प्रमुख (आइसियु इञ्चार्ज) डा. सञ्जय यादवले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…