सर्लाहीमा पनि कोरोनाबाट थप एक जनाको मृत्यू
यस अघि श्रावन २३ गते सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं.९ बस्ने एक ४५ बर्षिय पुरुष मृत्यु भएको थियो ।

२०७७ भदौ ५ शुक्रबार, राति ८:५९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा थप एक जनाको कोरोना भाईरस बाट मृत्यु् भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नं. ९ बस्ने एक पुरुष रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
शुक्रवार पाटन अस्पतालको आईसीयूमा उपचाररत ति पुरुषको मृत्यु भएपछि सर्लाहीमा कोरोनाबाट अधिकारिक रुपमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । साउन ३० गते मृत्क ति व्यक्ति काठमाडौँ गएका थिए ।
मृत्क ति व्यक्तिलाई श्वासप्रश्वासमा समस्या तथा ज्वरो आए पछि उपचारको लागि पाटन अस्पताल काठमाडौँ गएका थिए । अस्पतालमै कोरोना परिक्षण गर्दा भदौँ २ गते कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए ।
यस अघि श्रावन २३ गते सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं.९ बस्ने एक ४५ बर्षिय पुरुष मृत्यु भएको थियो । करिब ५ महिनाअघि कुकुरले समेत टोकेको थियो। ति व्यक्तिको स्वास्थ्य बिग्रीदै जाँदा ललितपूर स्थित पाटन अस्पतालमा भर्ना गराइएको थियो ।
त्यस्तै साउन १९ गते कोरोना पुष्टि भएकी मलंगवा वडा नंं. ३ साबिक वडा नं. ६ की ६५ वर्षीया महिलाको काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा कारोना भाईरस बाट मृत्यु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…