सप्तरीमा ११ बर्षिय बालिकालाई बलात्कार आरोपमा उजुरी
बालिकाको मुख थुनी नियन्त्रणमा लिई टोलभन्दा करीब ४ सय मिटर टाढा लगेर बलात्कार गरेको आरोप

२०७७ भदौ ५ शुक्रबार, बिहान ११:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को सप्तरीमा एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उजुरी दर्ता गरेको छ ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. ३ बथनाहा स्थित एक ११ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता गराइएको हो । बालिकालाई बिजुली बत्ती गएपछि मौका छोपेर बलात्कार गरेको आरोप लगाइएको छ ।
सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला आरोपितले गत सोमबार राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिई टोलभन्दा करीब ४ सय मिटर टाढा लगेर बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरिएको हो ।
ईलाका प्रहरी कार्यालय कञ्चनरुपका अनुसार, पीडित बालिकाकी आमाले दिएको उजूरीका आधारमा स्वास्थ्य परीक्षण र थप अनुसन्धानपछि दर्ता गरिएको छ ।
ईलाका प्रहरी कार्यालयले उजूरी दर्ता गरी आरोपितको तीव्रताका साथ खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी तिलक भारतीलेबताए ।
उनले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार स्वास्थ्य परीक्षण भएको जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…