प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो, ५१ को मृत्यु
कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार ९ सय ८४ पुगेको छ ।

२०७७ भदौ ५ शुक्रबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ८० जना थपिएसँगै संक्रमितको संख्या ८ हजार नाघेको हो । २४ घण्टाभित्र पर्सामा ५२ जना कोरोना संक्रमित देखिएका छन् ।
धनुषामा २९, सिरहामा २५, सर्लाहीमा २४, महोत्तरीमा १८, बारामा ७, रौतहटमा ६ र सप्तरीमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ८ जना कोरोना संक्रमित निको भई डिस्जार्च भएका छन् । सप्तरीका २०, सिरहाका ५, धनुषाका १३, महोत्तरीका १२, सर्लाहीका ४, रौतहटका २१ र पर्साका ३३ जना डिस्जार्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार ९ सय ८४ पुगेको छ । प्रदेशमा बिहीबारसम्म कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…