सप्तरीबाट चन्द समूहका नेता र नेतृ पक्राउ
नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

२०७७ भदौ ४ बिहीबार, दिउँसो ३:५५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, राजविराज । प्रदेश २ को सप्तरीबाट नेत्र विक्रम चन्द समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
देशका प्रतिबन्धित रहेको नेत्र विक्रम चन्द समूहका अन्दाजी बर्ष ३२ का सुमन सिँह पौडेल र केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीले भारदहमा प्रहरीसँग अभद्र व्यवहार विरुद्ध मुद्दा चलाएको छ ।
अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बन्नुभएकी चन्द समूहका पूर्वपोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।
नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…