बाराको सिमरामा पनि आईसोलेशन निर्माण सुरु
सेन्टरमा दुई जना स्थानीय डाक्टर र स्वंमसेवकहरुले २४ सै घण्टा संक्रमतिलाई सुविधा दिने
२०७७ भदौ ३ बुधबार, दिउँसो १२:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही चोकमा ३० बेडको आइसोलेशन सेन्टर निर्माण कार्य शुरु भएको छ ।
पछिलो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै वडामा ३० बेडको आइसोलेशन निर्माण शुरु भएको हो । वडा नम्बर २३ मा पछिलो पटक एकै दिन ५ जना र त्यस भन्दा पहिलो ४ जना संक्रमित भएको पाइएपछि संक्रमितको ब्यवस्थापनमा समस्या आउन नदिन वडा कार्यालयले आफ्नो क्षेत्रभित्र ३० बेडको आइसोलेशन सेन्टर निर्माण गर्न लागेको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो ।
उहाँले निर्माणाधिन आइसोलेशन सन्टर २ दिनमा तयार हुने बताउनुभयो । सो वडामा रहेका ९ जना संक्रमितहरु मध्ये दुई जना कलैया आइसोलशनमा, दुई जना म्यागनेश फर्मामा, बाँकी ५ जना होम आइसोलेशनमा रहेको देवानले जानकारी दिनुभयो ।
होम आइसोलशनमा रहेकाहरुलाई सुबिधाको आधारमा दुई दिनभित्र वडाको आइसोलेशनमा स्थानान्तरण गर्ने गरी काम अगाडि बढाएको समेत उहाँले जानकारी दिनुभएको छ । सेन्टरमा दुई जना स्थानीय डाक्टर र स्वंमसेवकहरुले २४ सै घण्टा संक्रमतिलाई सुविधा दिने उहाँले जानकारी दिनुभयो ।
कलैयामा रहेको आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुको ब्यवस्थापनमा देखिएको समस्यालाई ध्यानमा राख्दै आफ्नो वडालाई सकेसम्म स्तरीय बनाउने प्रयास गरेको वडा अध्यक्ष देवानको भनाइ छ ।
उहाँले घर नजिकै आइसोलेशन सेन्टर भएको खण्डमा पारिवारि सहयोग समेत प्राप्त हुने र आत्मबल बलियो हुने तथा रोगसंग लड्ने क्षमताको विकास हुने भएकोले आफुले तत्कालै आईसोलेशनको निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…