प्रदेश २ मा थप १९४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ३७ महिलासहित बाँकी १ सय ५७ जना पुरुष रहेका छन् । सबैभन्दा बढी सर्लाहीमा ५४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पर्सामा ४८ जना, धनुषामा ३२ जना, सप्तरीमा २७ जना, महोत्तरीमा १४ जना,

२०७७ साउन ३१ शनिबार, राति ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा ३७ महिलासहित बाँकी १ सय ५७ जना पुरुष रहेका छन् । सबैभन्दा बढी सर्लाहीमा ५४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै पर्सामा ४८ जना, धनुषामा ३२ जना, सप्तरीमा २७ जना, महोत्तरीमा १४ जना, सिरहामा ११ जना, रौतहटमा ५ र बारामा ३ जना संक्रमित थपिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ८२१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा उपचार पश्चात ११ महिलासहित ६४ जना उपचार पश्चात कोरोना मुक्त भएर घर फर्केको निर्देशनालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…