धनुषामा थप एकको कोरोनाबाट मृत्यु, प्रदेश २ मा मृतकको संख्या ४२ पुग्यो
सबैभन्दा बढी पर्सामा १९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

२०७७ साउन ३० शुक्रबार, बेलुकी ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ ।
मृतक ५० वर्षीय पुरुष धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का हुन् । ५० वर्षीय पुरुष छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तर, यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा बाटोमै उनको मृत्यु भएको मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।
उनलाई बिहीबार दिउँसो १ बजे रेफर गरेको र ३ बजे नै मृत्यु भएको पाइएको झाले बताए । सर्लाहीमा पनि एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
६५ वर्षीया महिलाको विस्तृत बुझ्ने काम भइरहेको उनले बताए । योसँगै प्रदेश २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
सबैभन्दा बढी पर्सामा १९, धनुषामा ७, बारामा ६, सप्तरीमा ३ तथा महोत्तरी, रौतहटमा २, सिरहामा २ र सर्लाहीमा १ जनाको कोरोना संक्रमणले मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…