वीरगञ्जका दुई मृतकमा कोरोना पोजेटिभ
न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा बिहीबार बिहान मृत्यु भएका बाराका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक दुवै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार कोरोनाको लक्षणसहित कोभिड अस्पताल पुगेका उनीहरुलाई आइसियू कक्षको अभ

२०७७ साउन ३० शुक्रबार, दिउँसो ४:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा बिहीबार बिहान मृत्यु भएका बाराका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मृतक दुवै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले जानकारी दिए ।
उनका अनुसार कोरोनाको लक्षणसहित कोभिड अस्पताल पुगेका उनीहरुलाई आइसियू कक्षको अभावमा नारायणी अस्पतालको आकस्मिक कक्ष र भेन्टिलटरमा उपचार गराइएको थियो ।
मृत्युअघि नै स्वाब लिइएको भएपनि मृत्यृ पश्चातमात्रै कोरोना पुष्टि भएको डा. सिंहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…