सप्तरीमा फेरि थपिए १२ जना कोरोना संक्रमित
न्यूज ब्यूरो, सप्तरी । सप्तरीका थप १२ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम राजविराजका ६ जना, खडक नगरपालिकाका ३ जना, बोदे बर्साइन र सप्तकोशी नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राजविराजको वडा नम्बर २ का २४ बर्षीय पुरुष, वडा नम्बर ४ का ५५ बर

२०७७ साउन ३० शुक्रबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीका थप १२ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।
सदरमुकाम राजविराजका ६ जना, खडक नगरपालिकाका ३ जना, बोदे बर्साइन र सप्तकोशी नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राजविराजको वडा नम्बर २ का २४ बर्षीय पुरुष, वडा नम्बर ४ का ५५ बर्षीय, ६५ बर्षीय र ३३ बर्षीय पुरुष, वडा नम्बर ५ का १२ बर्षीया महिला र वडा नम्बर ६ का ६७ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
खड्क नगरपालिका वडा नम्बर २ का ४६ बर्षीय पुरुष, वडा नम्बर १० का ४५ बर्षीया महिला र २० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, सप्तकोशी नगरपालिका वडा नम्बर १ का ५४ बर्षीय पुरुष, विष्णुपुर गाउँपालिका १ का ४५ बर्षीय पुरुष र बोदे बर्साइन नगरपालिका २ का ४६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…