सिरहाका थप एकजनाको कोरोनाबाट मृत्यु
न्यूज ब्यूरो, सिरहा । सिरहाका थप एकजना कोरोना संक्रमणबाट ज्यान गएको छ । कोसी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको हो । टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएर बुधबार राति २ बजे अस्पतालको आइसो

२०७७ साउन २९ बिहीबार, राति ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका थप एकजना कोरोना संक्रमणबाट ज्यान गएको छ ।
कोसी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको हो ।
टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएर बुधबार राति २ बजे अस्पतालको आइसोलेसनमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार साढे ७ बजे मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।
अस्पताल भर्ना गर्ने क्रममा लिएको स्वाबको रिपोर्ट उनको मृत्युपछि कोरोना पोजिटिभ आएको डा. यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…