नक्कली सुन काण्डका अभियुक्त 'अन्सारी' फिल्मी स्टाईलमा समातिए
बाराको प्रस्टोखा वडा नं.२ हरपुर घर भइ हाल वीरगञ्जमा बस्ने अन्सारी पेट्रोल पम्प सञ्चालक समेत हुन् ।
२०७७ साउन २९ बिहीबार, दिउँसो २:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । काठमान्डौंको कमलादीमा भेटिएको साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनकाण्डमा फरार भनिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् ।
घटना भएको दिन काठमाडौंको कमलपोखरीबाट बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याकेर स्कर्पियो भागेको थियो । त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजी कार्य तीव्र बनाएको थियो ।
साउन १३ गते काठमाडौंबाट फरार भएका सुन तस्कर इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ परेका छन् । सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार थिए ।
खोजीकै क्रममा काठमाडौं प्रहरी परिसरको समन्वयमा पर्सा र बाराको टोलीले बाराको निजगढबाट उनलाई नियन्त्रणमा लिएको हो । आज (विहिबार) बिहान करिब ९ः४० मा निजगढ नगरपालिका वडा नं। ९ स्थित बुद्व चोकबाट ईलाका प्रहरी कर्यालय निजगढको टोलिले उनलाई प्रक्राउ गरेको छ ।
ईलाका प्रहरी कर्यालय निजगढका प्रहरी निरिक्षक बिकाश थपलियाले अन्सारीलाई दुरुस्त फिल्मी शैलीमा नियन्त्रणमा लिन सफलभएको स्थानिएले बताएका छन । सोतका अनुसार प्रहरीले अन्सारीलाई आजै काठमाडौं लैजाने तयारी गरिएको र हाल उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको सोत बताएको छ ।
बाराको प्रस्टोखा वडा नं.२ हरपुर घर भइ हाल वीरगञ्जमा बस्ने अन्सारी पेट्रोल पम्प सञ्चालक समेत हुन् । उनी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी समेत थिए । उनी नक्कली नोट कारोबारमा प्राय मुछिइरहेका हुन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…