सिरहा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो पटक सिरहामा स्वाव परीक्षण बढाएसँगै कोरोनाका विरामी थप देखिन थालेका छन् ।

२०७७ साउन २८ बुधबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये चारजना सिरहा कारागारका कैदीबन्दी हुन् । यस्तै, चारजना इलाका प्रहरी कार्यालय लहानमा रहेका थुनुवा रहेका छन् ।
बाँकी एकजना ग्लोबल बैंक सिरहाका कर्मचारी, जिल्ला प्रशासन कार्यालयका १ जना कर्मचारी र सशस्त्र प्रहरी बल सिरहा सन्हैठाका १ जना प्रहरी रहेका छन् ।
जिल्ला कारागारमा रहेका ३ जना चोरी मुद्दा र १ जना ज्यान मुद्दाका कैदी वन्दीमा कोरोना देखिएको जनाइएको छ । उनीहरु साउन २५ र २६ गते कारागार चलान भएका हुन् । कारागारमा अहिले १ सय ९२ बन्दी, २ बालबालिका, अन्य ३ सय ८५ सहित ५ सय ७९ जना जना कैदीवन्दी रहेका छन् ।
पछिल्लो पटक सिरहामा स्वाव परीक्षण बढाएसँगै कोरोनाका विरामी थप देखिन थालेका छन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि विभिन्न स्थानीय तहले लकडाउन गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…