धनुषाः कोरोनालाई टक्कर दिँदै स्टेज प्रोग्राम
अहिले समुदाय स्तरमा कोरोना पुगेकोले सँक्रमितको सँख्या दिनानुदिन तीव्र रुपमा बढदै गएको छ ।

२०७७ साउन २८ बुधबार, बेलुकी ६:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारी समुदाय स्तरसम्म पुग्दा पनि ग्रामिण भेकमा कोरोनालाई बेवास्ता गरी नाच प्रोग्रामहरु गर्ने क्रम जारी छ ।
सोही क्रममा कृष्णाष्टमीको अवसरमा धनुषाको विदेह नगरपालिकामा सयौंको भीडभाड जम्मा गरेर नाच प्रोग्राम गराईएको छ । मेलाको नाममा प्रशासनले कुनै प्रकारको भीडभाड नगर्न प्रावधान बनाएपनि त्यसलाई धज्जिया उडाउँदै भीडभाड गरी नाच कार्यक्रम गरिएको छ ।
विदेह नगरपालिका वडा नं. ६ एकराहीमा दुई ठाउँमा आज मेला आयोजना गरिएको छ । एउटै गाउँमा दुई ठाउँमा मेला आयोजन गरी सयौंको भीडभाड लगाएर नाच प्रोगामहरु गरिएको छ ।
कोरोनाको सँक्रमण समुदाय स्तरसम्म पुगेको भन्दै सरकारले अहिले पूजाआजा निष्ठापूर्वक गरी भीडभाड नगर्न आव्हान गरेको छ । धर्म र आस्थामा कुनै प्रकारको बन्देज नभएपनि नाचगान जस्ता कार्यक्रम, मेला जस्ता कार्यक्रम केही दिन नगर्न आग्रह गरेको छ ।
कोरोना समुदाय स्तरमा पुगेको र भीडभाडल झनै सँक्रमण फैलिने खतरा रहेको भन्दै नाचगान नगर्न नगराउन भनेपछि त्यसलाई बेवास्ता गरिएको छ । प्रहरी कार्यालय तिनकौरियादेखि करिब ५०० मिटरकै दुरीमा रहेको एकराहीमा नाग कार्यक्रमहरु भइरहँदा प्रहरीले भने त्यस्तो केही नभएको दाबी गरेका छन् ।
यता, वडाध्यक्ष जयराम मण्डलसँग भने सम्पर्क हुन सकेनन् । प्रशासनले पूजाआजा मात्र गरी धार्मिक परम्परालाई निरन्तरता दिँदै तत्कालको लागि भीडभाड हुने गरी कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।
कोरोनाले बुधबारसम्म ९१ जनाको ज्यान गईसकेको तथ्याँक छ । अहिले समुदाय स्तरमा कोरोना पुगेकोले सँक्रमितको सँख्या दिनानुदिन तीव्र रुपमा बढदै गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…