सिरहा नगरपालिकामा अख्तियारको छापा
नगरपालिकाले कोरोनामा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि अख्तियारले चासो लिएको हो ।

२०७७ साउन २५ आइतबार, बेलुकी ६:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा नगरपालिकामा अख्तियारको टोलीले केही कागजातहरु नियन्त्रणमा लिएको छ ।
नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको नाममा व्यापक अनियमिता गरेको विषयमा समाचार आएपछि अख्तियारको टोली सिरहा पुगेको हो ।
अख्तियारको टोलीले नगरपालिकाले कोभिड–१९ नियन्त्रणमा गरेको खर्च सम्बन्धि कागजातहरु अनुसन्धानको लागि कार्यालयबाट नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका मणि ज्ञवाली, अधिकृत नवराज सुवेदी नेतृत्वको टोलीले खर्च विवरणको कागजातहरु नियन्त्रणमा लिएका हुन् ।
कोभिड १९ रोकथाम, नियन्त्रणमा खरिद सम्बन्धी कागजातको प्रतिलिपि छानबिनको लागि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । नगरपालिकाले कोरोनामा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि अख्तियारले चासो लिएको हो ।
सिरहा नगरपालिकाले जिल्ला स्तरीय कोभिड नियन्त्रण समितिलाई ५ करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…