मिर्चैया : संक्रमितको सम्पर्कमा आएका व्यक्तिसहित ९८ जनाको 'थ्रोट स्वाब' संकलन
क्वारेन्टाइनबाट हालसम्म ३ सय ८६ जना जाँच गराएर घर फर्किसकेका छन् ।

२०७७ साउन २५ आइतबार, दिउँसो २:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि मिर्चैयामा आइतबार ९८ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।
मिर्चैयामा गत बुधबार भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति तथा यहाँका क्वारेन्टाइनमा बसेका मानिसहरूको थ्रोट स्वाब संकलन गरिएको हो ।
जसमध्ये संक्रमितको सम्पर्कमा आएका ७४ जना तथा क्वारेन्टाइनमा बसेका २४ जना गरि ९८ जनाको स्वाब संकलन गरिएको नगर स्वास्थ्य संयोजक तथा फोकल पर्शन सुरेश सिंहले जानकारी दिए । मिर्चैयामा सामुदाय स्तरका व्यक्तिको स्वाब संकलन गरिएको यो पहिलो हो ।
यसअघि मिर्चैयामा क्वारेन्टाइनमा आउने गरेकाहरुको जाँच हुँदै आएको थियो । संयोजक सिंहले संकलित स्वाब पीसीआर जाँचको लागि प्रादेशिक प्रयोगशाला जनकपुर पठाउने गरेको बताए ।
स्वाबको पीसीआर रिपोर्ट कममा तीन दिनसम्म वा ७ दिनभित्रमा आउने गरेको सिंहले बताए । सञ्चालित क्वारेन्टाइनबाट हालसम्म ३ सय ८६ जना जाँच गराएर घर फर्किसकेका छन् ।
थ्रोट स्वाब संकलनका क्रममा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । मिर्चैयाका मेयर श्रवण कुमार यादव स्वयंले पनि स्वाब संकलनको अनुगमन गर्न पुगेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…