सिरहाः कर्मचारीमा कोरोना लागेपछि बैंक सील
त्यसको रिपोर्ट नआएसम्म कार्यालयको कामकाज बन्द गरिएको जानकारी दिएका छन् ।

२०७७ साउन २५ आइतबार, दिउँसो २:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बैँकका एक कर्मचारीमा कोरोनाको सँक्रमण पुष्टि भएपछि बैंँकलाई सील गरिएको छ । सिरहा जिल्लाको लहान स्थित ग्लोबल आईएमई बैँकलाई सील गरिएको हो ।
महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी ती कर्मचारीलाई लहानकै एक होटलमा क्वारेन्टीनमा राखिएको थियो ।
लहान नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवका अनुसार, रुघाखोकी र ज्वरोसहितको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो ।
सँक्रमित कर्मचारी अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसन रहेको जनाइएको छ । सङ्क्रमित ती कर्मचारी केही दिनअघि लहानस्थित आन्तरिक राजश्व कार्यालयमा रहेको बैंकको काउन्टरमा बसेकाले आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई समेत क्वारेन्टिनमा राखिएको जनाइएको छ ।
बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएसँगै यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आजदेखि कार्यालयको सम्पूर्ण कार्य बन्द गरेको छ ।
कार्यालय प्रमुख कमलबहादुर राजलवटले सूचना प्रकाशन गरी यो विषम परिस्थितिमा कार्यालयका कर्मचारीको पिसिआर परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट नआएसम्म कार्यालयको कामकाज बन्द गरिएको जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…