बीरगँजमा कोरोनाबाट एक युवतिको मृत्यू
सामान्य ज्वरो र रुघाखोकीको समस्याले ग्रसित मृतक महिलालाई श्वासप्रश्वासको समस्या समेत रहेको थियो ।

२०७७ साउन २५ आइतबार, दिउँसो १२:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बीरगँज । कोरोनाले लथालिँग भएको बीरगँजमा पुनः एक जनाको कोरोना सँक्रमणले मृत्यू भएको छ । वीरगञ्जको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा एक महिलाको कोरोनाले मृत्यू भएको पुष्टि भएको छ ।
शुक्रबार राति कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा ज्यान गुमाएकी वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाँ निवासी २० वर्षीय युवतिको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालले आइतबार सार्वजनिक गरेको ७५ जना कोरोना सङ्क्रमितहरुको सूचीमा उनको पनि नाम छ ।
उनको शुक्रबार राति २ बजेको करिवमा उपचारको क्रममा मृत्यु भएको कोभिड अस्पतालका गण्डकका इन्चार्ज डा. उदय नारायण सिंहले बताए ।
सामान्य ज्वरो र रुघाखोकीको समस्याले ग्रसित मृतक महिलालाई श्वासप्रश्वासको समस्या समेत रहेको थियो । उनलाई वीरगञ्जका विभिन्न निजि अस्पतालले पिसिआर रिपोर्ट माग्दै भर्ना गर्न नमानेपछी उपचार आभावमा अक्सिजनको कमिले ज्यान गुमाउनु परेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…