राजविराजमा सर्जिकल र आकस्मिक सेवा पुनः सञ्चालन
पाँच चिकित्सक र चार स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन रहेको छ ।

२०७७ साउन २४ शनिबार, राति ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंंह अस्पतालमा बन्द रहेका सर्जिकल र आकस्मिक सेवा आज (शनिबार)देखि पुनः सञ्चालन भएको छ ।
स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि शुक्रबार अस्पतालका ती सेवा बन्द गरिएको थियो । अस्पताल स्यानिटाइज गरिएसँगै आकस्मिक सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. रँजीत झाले जनाए ।
अस्पतालमा जनशक्ति अभावका साथै उपलब्ध जनशक्ति पनि आइसोलेशनमा रहेकाले सर्जरी सेवा प्रभावित रहेको बताउँदै उनले हालसम्म आठ जना स्वास्थ्यकर्मी तथा एक सरसफाई कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थपे ।
ती मध्ये दुई जना निको भएर घर फर्किएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टिनमा बसेपछि शुक्रबार अस्पतालको ती सेवा बन्द गरिएका थिए ।
अस्पतालमा चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्दा अहिले स्वास्थ्यकर्मीकोे चरम अभाव रहेको बताइएको छ । पाँच चिकित्सक र चार स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…