धनुषाः तीन ट्रयाक्टर सहित ३ चालक अबैद्य काठ सहित पक्राउ
ट्रयाक्टरमा लोड गरिएको काठ र ट्रयाक्टर समेत एक जनप्रतिनीधिको भएको बुझिएको छ ।

२०७७ साउन २२ बिहीबार, बेलुकी ७:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा अवैद्य काठ सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत मँगलबार बेलुकी ६ बजेको समयमा तीन वटा ट्रयाक्टर सहित तीन जना चालकलाई समेत पक्राउ गरेको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १० डुमरिया स्थित कमला सिचाई आयोजनाको नहरको बाटोमा ट्रयाक्टरमा अवैध काठ ओसार–पसार गरीरहेको सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सुचना प्राप्त भएलगत्तै ईलाका प्रहरी कार्यालय सबैलाबाट गएको टोलीले उनीहरुलाई अवैद्य काठ सहित पक्राउ गरेको हो । सबैलाका ईन्सपेक्टरको नेतृत्वमा गएको एक टोलीले तीन वटा ट्रयाक्टरमा लोड गरिएको अवैद्य काठ सहित तीनटै ट्रयाक्टरका चालकलाई समेत पक्राउ गरिएको हो ।
उतरबाट दक्षिण तर्फ आईरहेको अवस्थामा ट्रयाक्टर चालक कोल्हुवामोड बस्ने बर्ष २३ को भोगेन्द्र यादव, बर्ष १८ को भुला मण्डल र सोही ठाउँ बस्ने बर्ष १८ कै जीतेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुसँगै उनीहरुले चलाएको ज.१ त. ८०१०, ज. १ त. ८५६६ नम्बर र एउटामा नम्बर उल्लेख नभएको ट्रयाक्टर समेत नियन्त्रणमा लिएको हो । ट्रयाक्टरहरुमा टिक तथा सिसौको गोलिया काठहरु लोड भएको देखेपछि प्रहरीले काठको श्रोत देखाउन कागजपत्र माग गरेको थियो ।
तीनै जना चालकले लोड भएको काठ सम्बन्धी कुनै पनि कागजात नभएको बताएपछि उक्त काठ अवैध रुपमा चोरी निकासी गरी ओसार पसार गरेको हुन सक्ने आशंकामा उनीहरुलाई समेत पक्राउ गरिएको हो ।
जम्मा ८७ थान टिक र सिसौ जातको गोलिया काठ गरी २१३ क्युबिक फीट काठ, तीन ओटा ट्रयाक्टर र तीनैजना चालक सहित बुधबार नै आवश्यक कारवाहीको लागी डिविजन वन कार्यालय जनकपुर धनुषामा बुझाएको हो ।
ट्रयाक्टरमा लोड गरिएको काठ र ट्रयाक्टर समेत एक जनप्रतिनीधिको भएको बुझिएको छ । यद्यपी, यसबारे अहिले खुलासा भएको छैन भने अनुसन्धान जारी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…