जनकपुरको माटो लिएर जानकी मन्दिरका महन्थ दास अयोध्या प्रस्थान !
भूमि पूजनमा सहभागी हुन आमन्त्रण गरेपछि महन्थ दास आफ्ना टोली सहित अयोध्या प्रस्थान
२०७७ साउन २० मंगलबार, बेलुकी ५:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतमा निर्माण हुन लागेको राम मन्दिरको भूमि पूजनको लागि जनकपुरबाट जनकपुरको माटो लिएर जानकी मन्दिरका महन्थ अयोध्या प्रस्थान भएका छन् ।
जानकी मन्दिरका बडा महन्थ राम तपेश्वर दासले जनकपुरको माटो, पाँचवटा ईट लिएर भारतको अयोध्याको लागि प्रस्थान गरेका छन् । भारतको उत्तर प्रदेश राज्यमा सरयुग नदिको किनारमा रहेको बहु प्रतिक्षित राम मन्दिर निर्माणको लागि भोली (बुधबार) भूमि पूजन गर्ने कार्यक्रम रहेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र दास मोदीले भूमि पूजन गर्ने कार्यक्रम तय भएको तथा जनकपुरबाट समेत माटो पठाउन अयोध्याबाट पत्र (निवेदन) आएपछि जानकी मन्दिरका महन्थ दासले माटो र ईट लिएर अयोध्याको लागि प्रस्थान गरेका हुन् ।
जय श्री राम लेखिएको भगवा रँगको झण्डा सहित जटही नाकाको लागि प्रस्थान गरिएको जनाइएको छ । भारत पारीबाट अर्को सवारीबाट जाने कार्यक्रम रहेको छ । विश्व हिन्दु परिषदले समेत जानकी मन्दिरका महन्थलाई अयोध्याको राम मन्दिर भूमि पूजनमा सहभागी हुन आमन्त्रण गरेपछि महन्थ दास आफ्ना टोली सहित अयोध्या प्रस्थान गरेका हुन् ।
यसका साथै महन्थ दासले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र प्रधानमन्त्री मोदीको लागि जनकपुरबाट सम्मान पत्र समेत साथै लगिएको हो । उनका टोलीलाई मन्दिरका साधुसन्तहरुले विदाई गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
रवि शर्मा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…