कलैया अस्पतालको तीन जनामा कोरोना
कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि हाल प्रसूतिबाहेकका अन्य सेवा आजैदेखि बन्द

२०७७ साउन २० मंगलबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । बाराको कलैया अस्पतालका तीनजनामा कोरोना पोजेटिभ देखिएको छ ।
अस्पतालको पोस्टमार्टममा सरसफाइ गर्ने एक व्यक्ति र उनको छोरामा कोरोना पोजेटिभ देखिएको छ भने अर्का एक व्यक्ति अस्पतालले सञ्चालन गरेको औषधि पसलमा काम गर्ने फार्मेसी सहायक रहेको कलैया अस्पतालका डा. वीरेन्द्रकुमार मण्डलले जानकारी दिनु भयो ।
सरसफाइ गर्ने कर्मचारीमा शंका लागेपछि उनको स्वाब संकलन गरिएको हो उनले कलैया अस्पतालमा रहेको आइसोलेसनको समेत सरसफाइ गर्ने गरेको डा. मण्डलको भनाइ छ ।
अस्पतालका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि हाल प्रसूतिबाहेकका अन्य सेवा आजैदेखि बन्द गरिएको छ । आज अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको स्वाब संकलन गर्ने र त्यसको नतिजा प्राप्त भएपछि मात्र अस्पतालले दिने सेवा सुविधाबारे जानकारी गराइने डा. मण्डलले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…