क्रिकेटर कुन्दन सिँह बचाउ अभियानः अभियानीहरुद्धारा ६ लाख बढी हस्तान्तरण
किडनीको डोनर (दाता) भेटाएपछि कुन्दन पुनः आफ्नो साधारण जीवनमा फर्कने बताइएको छ ।

२०७७ साउन १८ आइतबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको चर्चित क्रिकेटर कुन्दन सिँह बचाउ अभियानमा सँकलन गरिएको ६ लाख बढी रकम हस्तान्तरण गरिएको हो ।
एक कार्यक्रमबीच कुन्दन सिँह बचाउ अभिायनमा लागेको अभियानीहरुले जनकपुरमा ६ दिनको अन्तरालमा सँकलन गरिएको ६ लाख ३८ हजार रुपैयाँ पीडित कुन्दन सिँहलाई हस्तान्तरण गरिएको हो । कुन्दन बचाउ अभिायनका अगुवा भावेश मिश्रले समाजिक सँजाल सहित भौतिक रुपमा पनि उनको बचाउको लागि अथक प्रयास गर्दै आएका छन् ।
जनकपुरमा आईतबार (आज) अभियानी भवेष मिश्रा ,अनूष पाण्डेय, प्रेम चन्द्र राय, संजय लामा, आकास पाण्डेय , हरि शंकर साह, समिर नेपाल, आनंद ठाकूर तथा होटल व्यावासायी जीवनाथ चौधरी लगायतले उनको उपचार वापत ६ लाख ३८ हजार ७०० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
मिश्रले अगुवाई गरेको कुन्दन बचाउ अभियानको क्रममा विभिन्न सँचार माध्यमहरुमा समाचार प्रकाशित भएपछि उनलाई बचाउनको लगि सहयोग गरिएको हो । न्यूज ब्यूरोले समेत समाचार प्रकाशित गरेपछि बाहिरबाट सहयोग गर्ने सहयोगी हातहरुले सहयोगको लागि उत्सुकता देखाएको छ ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै अभियानी मिश्रले क्रिकेटर कुन्दनको दुवै मृगौला (किडनी) फेल भएकोले डोनरको खोजी भईरहेको छ । तत्काल उनको अस्पताल खर्चको लागि ६ लाख ३८ हजार ७०० रुपैयाँ विभिन्न दाताहरु, समाजसेवी, सहयोगी हातहरुबाट सँकलन गरी हस्तान्तरण गरिएको छ ।
सहयोगको क्रममा ३५ हजार रुपैयाँ ईसेवा (ईन्टरनेट बैंकिँग) बाट समेत सँकलन भएको अभियानका अर्का अभियानी गुडु पाण्डेले बताएका छन् । किडनीको डोनर (दाता) भेटाएपछि कुन्दन पुनः आफ्नो साधारण जीवनमा फर्कने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…