प्रदेश २ को लागि फेरी ३ वटा पिसिआर मेसिन किनिदै
यद्यपी प्रदेश सरकारले बेग्लै दरमा विभिन्न समयमा खरिद गर्दै आएको छ ।

२०७७ साउन १७ शनिबार, राति ८:२१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले प्रदेशको विभिन्न अस्पतालको लागि फेरी पनि ३ वटा कोरोना जाँच्ने (पिसिआर) मेसिन खरिद गर्न लागेको हो ।
प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश सरकारले थप मेसिन किन्ने निर्णय गरेको हो । प्रदेश २ को पर्सा जिल्लामा कोरोना समुदाय स्तरसम्म पुगेपछि अत्याधुनिक रियल टाईन पिसिआर मेसिन खरिद गर्न लागिएको छ ।
प्रदेश सरकारले खरिद गर्ने रियल टाईम पीसीआर मेसिन स्वचालित र परीक्षण गर्ने क्षमता बढी हुने स्वास्थ्य आपूर्ती केन्द्रका प्रमुख डा. प्रमोद कुमार यादवले जानकारी दिएका छन् । यसअघि पनि प्रदेशको विभिन्न जिल्लाको लागि कोभिड अस्पतालमा पिसिआर मेसिन जडान गरिएको हो ।
तीव्र रुपमा कोरोना जाँच गर्नको लागि तथा दोब्बर रुपले पिसिआर चेकअपको लागि धनुषा, पर्सा र सप्तरीको लागि ३ वटा पिसिआर मेसिन ल्याउन लागिएको हो । एक मेसिनको करिब ९० लाख रुपैयाँसम्म पर्ने गरिन्छ । यद्यपी प्रदेश सरकारले बेग्लै दरमा विभिन्न समयमा खरिद गर्दै आएको छ ।
पिसिआर मेसिन जनकपुरधामको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल र अर्को कोभिड अस्पतालमा राखिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…